२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी विनाकुमारी थापा निर्वाचित

२ माघ, पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत बिभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत प्राप्त झरेको थियो । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए ।

कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाइन् । नवनिर्वाचित सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी रहेका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १६:२५