सेयर बजारमा पनि शोक, अब कहिले खुल्छ बजार ?
२ माघ, काठमाडाैं । सेयर बजार आज पनि बन्द रहने भएको छ । आइतबार माघे संक्रान्तिका अवसरमा सरकारले सार्वजनिक बिदा दिइएको थियो । साेहि कारणले सेयर बजार बन्द भएकाे थियाे । आज सेयर बजार खुल्नु पर्नेमा आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सरकारले देशभर बिदा दिने निर्णय गरेसँगै यस दिन पनि सेयर बजार बन्द भएकाे हाे ।
अब सेयर बजार भोलि मंगलबार मात्रै खुल्नेछ। दुई दिन सार्वजनिक बिदा भएसँगै यो साता सेयर बजार ३ दिनमात्रै खुला रहनेछ।
प्रकाशित मिति : २ माघ २०७९, सोमबार ०९:५७












