१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

पोखरामा यति एयरलायन्सको विमान दुर्घटनाः आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

१ माघ, काठमाडाैं । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आइतबारको यति एयरलान्सको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आइतबार दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए । जसमध्ये दुर्घटनामा संकलन गरिएका ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित ६४ जनाको शव अस्पतालमा रहेका छन । जसमध्ये पाँचको सनाखत भएको छ भने शव नचिनिने अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भईरहेको उनले जानकारी दिए । बाँकीको खोजीकार्य जारी रहेको छ ।

 

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १६:२०