२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न एमाले अध्यक्ष ओलीको आग्रह

१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

उनले प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।

यो खबरले अत्यन्त दुःखी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १३:४२