२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

२९ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन । आज बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा कार्कीले ५९ मतसहित विश्वासको मत प्राप्त गरेका हुन भने उनको विपक्षमा भने ३२ मत रहेको छ ।

कार्की गत २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका सांसदहरूले गरे पछि उनलाई ५९ मत प्राप्त भएको हो ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १७:०६