२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

२९ पुस, पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन । आज बसेको प्रदेश सभामा ५८ जना प्रदेश सांसदको सांसद उपस्थित रहेको थियो ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेश गरेका थिए, सो प्रस्तावमा छलफल पछि भएको मतदान प्रक्रियावाट उनले विश्वासको मत प्राप्त गरेका हुन । विश्वासको मत पाउने अधिकारी प्रदेश सरकारका पहिलो मुख्यमन्त्रीसमेत हुन ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १५:११