२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रदेश १ काे मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने, माओवादीका दुई मन्त्री थप्ने

२९ पुस, विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदै छन् । बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

९३ सदस्यीय प्रदेश १ सभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थन छ ।

यसैबीच माओवादीका दुई मन्त्रीलाई पनि आजै नियुक्त गर्ने तयारी छ । उनीहरूको शपथ १० बजेलाई तय गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

सुरूमा आलोपालोको कुरा उठाएर सरकारमा नगएको माओवादीले हिजो बसेको इन्चार्ज, सह(इन्चार्जसहित प्रदेश पदाधिकारीको बैठकबाट सातजनाको नाम सिफारिस गरिएपनि दुई जनाको नाम पक्कापक्की भएको माओवादीले जनाएको छ ।

अहिले प्रदेश १ मा एमाले, राप्रपा, जसपा सम्मिलित ४ सदस्यीय मन्त्रिमण्डल छ । माओवादीले सुरूमा कम्तीमा तीनवटा मन्त्रालय मागेको छ ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ०९:४८