अब सेयरको समेत बीमा हुनुपर्छः अर्थमन्त्री खतिवडा
९ असोज, काठमाडाैँ । अर्थमन्त्री डा युवराज खतिवडाले अब सेयरको पनि बीमा हुनुपर्ने बताएका छन । २१औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन उद्घाटन गर्दै मन्त्री खतिवडाले अब सेयरको समेत बीमा हुनु पर्नेमा जोड दिए । मन्त्री खतिवडाले नाफा कमाउने भन्दै बीमा कम्पनीहरुले पुँजी बजारमा प्रवेश गर्नु भन्दा पनि पुँजी बजारमा भएको पुँजीको समेत बीमा कम्पनीहरुले बीमा गर्नु पर्ने बताए ।
उनले अन्तर्राष्ट्रिय स्तरमा पनि सेयरको बीमा हुने गरेको उनले बताए । बीमा सम्मेलन नेपालमा आयोजना हुनु खुसीको कुरा भएको भन्दै अर्थमन्त्री खतिवडाले सम्मेलन सफलताको कामना गरे । सम्मेलनमा सहभागी हुन १८ मुलुकका ३ सय बढी प्रतिनिधिहरु काठमाडौं आएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बुधबार समापन हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १४:२७