६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

राष्ट्रिय कृषि जैविक विविधता दिवस सप्ताहव्यापी मनाइँदै

२७ पुस, काठमाडाैँ । प्रथम राष्ट्रिय जैविक विविधता दिवस माघ १ गतेबाट सप्ताहव्यापीरुपमा मनाइने भएको छ । रैथाने एग्री प्रोडक्टस् नेपालद्धारा आयोजित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराइएको हो ।

कृषि जैविक विविधताको महत्व र यसको संरक्षणको आवश्यकता बारे प्रचार प्रसार गर्न र सम्वन्धित सरोकारवालाहरुलाई रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा सकृय रुपमा लाग्न उत्प्रेरित गर्ने हेतुले २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता बर्षको रुपमा मनाउने घोषणा गरिएकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकाे छ ।

नेपाल सरकारले यसै वर्षदेखि माघ १ गते कृषि जैविक विविधता दिवस र माघ १ देखि ७ गतेसम्म कृषि जैविक विविधता सप्ताह मनाउने निर्णय समेत गरेको र उक्त कार्यक्रमको कार्यन्वयनका लागि सरकारी लगायत निजी क्षेत्रको समेत सहभागिता रहने उल्लेख गर्दै कृषि जैविक विविधताको संरक्षण, प्रर्वद्धन र बजारीकरणमा टेवा पुर्याउने हेतुका साथ ग्याष्ट्रोनोमी टुरिजम एसोसियसन अफ नेपालका सचिव रमेश भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि बाली बिकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले जलबायु परिवर्तनको असरले कृषि जैविक विवधतामा असर परी मानिसहरुको खानपानको विवधतामा असर पारेको उल्लेख गरे ।

उक्त कार्यक्रममा रैथाने नेपालका अध्यक्ष तिलक बहादुर ढकालले कायक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने पर्यटन व्यवसायी कृष्ण कुमार अर्याल, फुड रियालिटी टि.भी.शोका भान्से लक्ष्मण भन्डारी, होमस्टे महासंघका बरिष्ट उपाध्यक्ष बाबुराजा महर्जन र रैथाने एग्री प्रडक्टस् नेपालका शेयर सदस्य तथा साहित्यकार शिब प्रसाद आचायर्ले आ आफ्नो मन्तव्य राखेका थिए ।

रैथाने एग्री प्रडक्टस् नेपालका सचिव राई बहादुर राईबाट संचालित उक्त कार्यक्रममा रैथानेका सचांलक सदस्य शंकर गौतम र उपेन्द्रराज कुइकेल लगायतकाे सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार २०:४७