२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बागमती प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका भुवन पाठककाे उम्मेदवारी

२७ पुस, काठमाडौं। बागमती प्रदेशसभाको सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिने भएका छन् । सत्तारुढ गठबन्धनबाट उनले सभामुख पदमा उम्मेदवारी दिने भएका हुन् ।

बागमती प्रदेशमा शक्ति बाँडफाँट गर्दा राप्रपाको भागमा सभामुख परेकाले पाठकले उम्मेदवारी दिने भएका हुन् । राप्रपाले पनि सभामुखमा पाठकको नाम टुंगो लगाएको हो । बागमती प्रदेशसभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १५:४२