लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरीको दाबी पेश
२७ पुस, काठमाडाैं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष एमालेका लिला गिरीले मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन् ।संघीय सरकारमा सत्ता साझेदार दलहरूको समर्थनसहित गिरीले बुधबार दिउँसाे दाबी पेश गरेका हुन् ।
उनले पेश गरेको दाबीमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पाटीका ४, जसपा ३, स्वतन्त्र २, जनमत ३, लोसपा ३ गरी ५८ जना सांसदको समर्थन रहेको छ ।
लुम्बिनी प्रदेशमा ८७ संसाद छन् । बहुमतका लाथि ४४ संसदकाे समर्थन आवश्यक पर्छ ।
प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १४:१७