२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रममा राष्ट्रपति (फोटोफिचर)

२७ पुस, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार आयोजित सिंहदरवारको पश्चिम गेटअगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यर्पण कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी भएकी हुन् ।

सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति र संस्था, नेपाली सैनिकसहितको सहभागिता थियो ।

  

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १३:२९