प्रभु र अजोड इन्स्योरेन्सको मर्जर भाँडियो, अजोड र युनाईटेडबीच सम्झौता
२७ पुस, काठमाडाैं । प्रभु र अजोड इन्स्योरेन्स कम्पनी विचको मर्जर भाडिएको छ। गत असार २ गते एक आपसमा मर्जरमा जाने समझदारी गरेका प्रभु र अजोड कम्पनीका सञ्चालकहरुबीच कुरा नमिलेपछि मंगलबार मर्जरको सम्झौता तोडिएको हो । यी दुवै कम्पनी १००ः७० को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको थियो । तर, मंगलबार यो प्रक्रिया भाँडिएको हो ।
प्रभुसँग मर्जर तोडिएसँगै अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेकाे छ । मंगलबार अजोड र युनाईटेडबीच मर्जर सम्झौता भएको हो । अजोड र युनाईटेड १००ः९० को अनुपातमा मर्जरमा जाने सहमति गरेको बताइएको छ ।
प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १०:५७