२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एक सातामा नयाँ सरकारः नेता नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता माधवकुमार नेपालले एक साताभित्र मुलुकले नयाँ सरकार पाउने बताउनुभएको छ । प्रथम मेयर कप अन्तर्रा्ष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई मंगलबार भरतपुर महानगरपालिकाको पटिहानीमा सम्बोधन गर्दै उहाँले एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बन्ने बताउनुभयो ।
दुई पार्टी मिलेर नयाँ पार्टी बन्ने भन्दै उहाँले यसले अरू पार्टीहरुलाई पनि सकारात्मक सन्देश दिने बताउनुभयो । अब देश विकासको बाटोतर्फ जाने भन्दै उहाँले विदेशीहरु पनि नेपालमा लगानी गर्न इच्छुक रहेका छन् भन्नुुभयो । पूर्वप्रधानमन्त्री नेपालले खेलले एकताको भावना र अनुशासन पालना गर्न सिकाउने भएको भन्दै राष्ट्रका निम्ति खेल गौरव भएको बताउनुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलवार २३:०२