२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रतिनिधिसभा विघटन प्रतिगमन होइन, बाहिरबाट सरकार आउनुचाहिँ प्रतिगमन हाेः केपी ओली

२५ पुस, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने काम प्रतिगमन नभएको दाबी दोहोर्‍याएका छन् ।

संसद्को जननी बेलायतमा पटक–पटक प्रतिनिधिसभा विघटन भएको भन्दै उनले जनतामा जाने कुरालाई प्रतिगमन भन्न नमिल्ने जिकिर गरे ।सोमवार प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले दुई वर्षअघि भएको प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको बताएका हुन् ।

‘जनतामा जानका लागि प्रतिनिधिसभा विघटन गरिनु प्रतिगमन होइन, प्रतिनिधिसभा विघटन प्रतिगमन हुने भए संसद्को जननी बेलायतमा कतिपटक प्रतिगमन भएछ ?, मौका अनुसारको व्याख्या नगरौं ।’ उनले संसद् भन्दा बाहिरबाट सरकार आउनुचाहिँ प्रतिगमन भएको भन्दै त्यस्तो प्रतिगमन दोहोरिन नदिने बताए ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १४:१६