दोहोरो अंकले बढ्याे सेयर बजार, २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट
२४ पुस, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा चमक देखिएकाे छ । आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि झण्डै साढे ५ अर्ब पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.५५ अकंले बढेर २१६४.४८ बिन्दुमा बन्द भएको छ । आज २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । बैंकिङ्ग, उत्पादन तथा प्रशाेधन र लघुवित्त समूह घटेकाे हाे । आज हिमालयन डिस्टलरीको सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २१ करोड माथिको कारोबार भएको छ ।
आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त र बाराही हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित मिति : २४ पुष २०७९, आईतवार १५:२७












