२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

माघ ११ सम्मका लागि जोगियो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पद, यस्तो छ सर्वोच्चको आदेश

२२ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद माघ ११ गतेसम्मका लागि जोगिएको छ । सर्वोच्च अदातलको संवैधानिक इजलाशले नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अग्राधिकारसहित माघ ११ गते सुनुवाइ गर्ने निर्णय गरेको छ ।

सैंवैधानिक इजलाशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन । रिट निवेदकले अन्तरिम आदेश मागेको भए पनि इजलाशले अन्तरिम आदेश भने अस्वस्वीर गरेको छ ।

सर्वोच्चको यो आदेशसँगै लामिछानेको सांसद र मन्त्री पद तत्कालका लागि जोगिएको छ । अमेरिकी नागरिकको हैसियतमा नेपालमा करिक चार वर्ष अबैध रूपमा बसेका लामिछानेले दोहोरो नागरिकता र दोहोरो राहनी लिएका थिए ।

 

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १८:२२