८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

आत्मनिर्भर लघुवित्तले २ लाख ३ हजार कित्ता आईपीओ निष्कासन गर्न बाेर्डबाट पायाे अनुमति

२२ पुस, काठमाडाैं । नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएकाे छ ।

कम्पनीले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता आईपीओ निष्कासन गर्न धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे हाे ।

कम्पनीले आईपीओ निष्कासनमा सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।

प्रकाशित मिति : २२ पुष २०७९, शुक्रबार १३:२५