कम्बोडियामा ज्यान गुमाएका निराकरको शव नेपाल ल्याउन लाग्ने खर्च सरकारले व्यहोर्ने
२२ पुस, काठमाडाैं । कम्बोडियामा एक क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकार पाण्डेको शव नेपाल ल्याउन आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यस्तै बैठकले उनको शव नेपाल ल्याउन लाग्ने खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक अघि पाण्डेका परिवारसँग छलफल गरी शव नेपाल ल्याउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रकाशित मिति : January 6, 2023 at 12:59 pm










