८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

२१ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेले मेरो माइक्रोफाइनान्स लघुवित्त र प्रिमियर इन्स्योरेन्सकाे मूल्य समायोजन गरेको हाे ।  यी कम्पनीले बोनस सेयर वितरणका लागि बुक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

१) मेरो माइक्रोफाइनान्स लघुवित्त

नेप्सेले मेरो माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८५८ रूपैयाँ ०९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ९४३ रुपैंया ९० पैसाका आधारमा नेप्सेले मूल्य समायोजन गरेको छ ।

२) प्रिमियर इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६८९ रूपैयाँ ३२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७८८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आइतबारदेखि यी कम्पनीहरूकाे काराेबार खुला हुनेछ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १६:४१