८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

५ अर्ब नाघ्याे काराेबार रकम, ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

२१ पुस, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजार बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.९२ अकंले बढेर २१४३.७६.७६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँको कारोबार भएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । बैंकिङ्ग र अन्य समूह घटेकाे हाे ।

आज हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ४३ करोड १९ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, बुद्धभूमी नेपाल हाइड्राेपावर, धाैलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त, बाराही हाइड्राेपाववर, हिमालयन उर्जा, इष्टर्न हाइड्राेपावर र हिमालयन हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन सिटीजन्स म्युचुअल फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १५:२२