५ अर्ब माथिकाे कारोबार हुँदा यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री
२१ पुस, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजार बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.९२ अकंले बढेर २१४३.७६.७६ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँको कारोबार भएको छ ।
आज हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ४३ करोड १९ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ । साथै, रिडी पावरको २१ करोड। हिमाल दोलखाको ११ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १५:१५












