८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

छुट्ला है ! २ कम्पनीकाे ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२१ पुस, काठमाडाैं । विभिन्न २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज पुस २१ गते बिहीबार अन्तिम दिन रहेको छ ।  प्रिमियर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि पुस २२ गते बुकक्लोज गर्दैछन्। यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

१) प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोलि पुस २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ ।

२) मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था

मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित)  गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारितका लागि  कम्पनीले माघ ६ गते १० औँ वार्षिक साधारणसभा बाेलाएकाे छ। सभा नुवाकोटको विदूरस्थित क्राउन होटल हारतीमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ०९:५४