कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड
२१ पुस, काठमाडाैं । कालिन्चोक दर्शन लिमिटेडकाे ईपीओको बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि मंसिर १४ गतेदेखि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको हाे । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा पुस २० गते आईपीओको बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १ लाख २० हजार २६० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।
१२ हजार स्थानीयलाई हालको न्यूनतम १० कित्ताको बाँडफाँड नीतिको व्यवस्थाबाट गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको विक्री प्रबन्धकले जनाएकाे छ । १५ हजार ४११ जना स्थानीयले आवेदन दिएकोमा २३१ जनाको आवेदनमा रीत नपुगेकाले रद्द गरिएको विक्री प्रबन्धकले जनाएकाे छ ।
६ हजार २५९ जना वैदेशिक रोजगारीमा गएका नेपालीबाट रीतपूर्वक आवेदन प्राप्त गरी सबै आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको छ । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले आईपीओ बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्तासेयर २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।
प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ०९:४२












