२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

सरकारको न्यूनतम साझा कार्यक्रम भोलि टुंगिने, प्रदेशबारे प्याकेजमै सहमति हुने

२० पुस, काठमाडाैँ । सत्ता साझेदार दलले सरकारका साझा कार्यक्रमको मस्यौदा भोलि (बिहीबार) टुंग्याउने भएका छन् । आज बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकले भोलि सरकारका साझा कार्यक्रमको मस्यौदा तयार पार्ने समझदारी गरेको उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिए ।

बैठकमा सरकारको काम, साझा कार्यक्रमको मस्यौदा, सरकारका न्यूनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल भएको लामिछानेले बताए । सरकारको कामकारबाहीसँगै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको उनले बताए । सत्ता साझेदार दलहरुबीच मन्त्रालय फुटाउने बिषयका कुनै छलफल नै नभएको र त्यस्तो सोच गठबन्धनमा नभएको लामिछानेको भनाइ छ।

सरकारको साझा कार्यक्रम आइसकेपछि र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने उनले बताए । बैठकमा प्रदेश सरकार लगाएतका अन्य विषयमा प्याकेजमै सहमति खोज्ने गरी अनौपचारिक छलफल भइरहेको पनि लामिछानेले बताए ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार २०:०४