२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

गठबन्धनको बैठकः भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकतामा राखिने

२० पुस, काठमाडौँ । सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठक केहीबेर अघिमात्र सकिएको छ । बैठकले मन्त्रालय फुटाउने भनेर भएको प्रचारमा आपत्ति प्रकट गरेको छ । बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाउनेबारे सोच्ने काम समेत नभएको बताए । उनले मन्त्रालय फुटाउने बारेमा बैठकमा पनि कुनै छलफल नभएको बताए ।

बैठकमा भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्तनका बारेमा छलफल भएको उनले बताए । बैठकमा जनताको जनजीविकालाई सहज बनाउनेबारे छलफल गरेको भए पनि ठोस निर्णय गरेको छन । सरकारको केही दिनको कामको समिक्षा गर्दै सरकारलाइ थप अघि बढ्न बैठकले निर्देशन गरेको बुझिएको छ ।

बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तत्कालै ल्याउने विषयमा केही निर्णय गरेको छ । यद्यपी त्यसबारे गृहमन्त्री लामिछानेले केही बताएनन् । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवदी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका थिए ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १८:५१