८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

राष्ट्र बैंकद्वारा चालुपूँजी कर्जा मार्गदर्शन संशोधन, के-के भए फेर बदल (पूर्णपाठसहित)

२० पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा मार्गदर्शन संशोधन गरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गरेर चालु पुँजी कर्जा मार्गदर्शन २०७९ संशोधन गरेको जानकारी दिएको हो ।

 याे सँगै अब राष्ट्र बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक काराेबारकाे आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्ने भएको छ ।

पत्रकार सम्मेलनमा बाेल्दै राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले चालु पुँजी कर्जा मार्गदर्शनमा ५ वटा संशोधन गरिएको जानकारी दिएका छन् । कर्जाको समयसीमा र कर्जाको सीमामा फेर बदल गरिएको उनले बताए ।

उनका अनुसार सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा ५ किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन भएको छ । यो कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण भने नहुने राष्ट्र बैंकले बताएको छ ।

संशोधित मर्गदर्शनअनुसार १ करोडभन्दा तलको चालू पूँजी कर्जाको हकमा मार्गदर्शन लागू हुँदैन । त्यस्तै २ करोडभन्दा माथिका कर्जाको हकमा मागर्दशन लागू हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार १५:४९