९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

साढे ३ अर्बको कारोबार हुदाँ आज यी कम्पनीकाे भयाे सर्वाधिक खरिदबिक्री

१९ पुस, काठमाडौं । साताको तेस्रो काराेबारकाे दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । केहि दिन यता निरन्तर उकालो लागेको सेयर बजार आज सामान्य अकंले घट्न पुगेको हो ।

शेयरबजार खुलेको केही समयसम्म झिनो अंकले शेयरबजार बढेपनि मार्केट बन्द हुने बेलासम्म नेप्से सूचक ३.३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०३ अकंले घटेर २०६१.०६ बिन्दुमा बन्द भएको छ । आज २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनेबेच हुदाँ ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ४३ करोड १९ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । साथै, एनआइसी एशिया बैंकको ९ करोड ६६ लाख ९५ हजार रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ४९ लाख १२ हजार रुपैयाँ र हिमाल दोलाखा हाइड्रोपावरको ८ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १५:१९