९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्याे नेप्से

१९ पुस, काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक १.९२ अंकले बढेकाे छ । याेसँगै सूचक २०६६.०१ विन्दुमा आएको छ । १७ कम्पनीको कुल २ हजार ७५९ कित्ता सेयर खरिदबिक्री भएको र १९ लाख ६८ हजार ३९५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने ३ को मूल्य घटेको र एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार ११:०४