९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

दाेहाेराे अंकले बढ्याे सेयर बजार, ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट

१८ पुस, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजार बढेकाे छ । साेमबार सेयर बजार दाेहाेराे अंकले बढेकाे हाे । आज  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अंकले बढेर दुई हजार ६३ दशमलब ८३ विन्दुमा बन्द भएको हो । सोमबार २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनेबेच हुदाँ २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँको कारोबार भएको छ ।

आज नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको हो । आज ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।धैलागिरी लघुवित्त, श्रीजनशील लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हाे । यस दिन एनएमबि ५० को सेयर मुल्य सर्वाधिक घटेको छ ।

प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १५:२१