आइएमई जनरल इन्स्योरेन्सले बाेलायाे वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?
१८ पुस, काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनी सञ्चालक समितिको पुस १७ गते आइतबार बसेको कम्पनीकाे बैठकले वार्षिक साधारणसभा माघ ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडाैंकाे लाजिम्पाटस्थित होटेल लि हिमालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको ६ प्रतिशतबराबरको बोनस सेयर पारित गर्नेछ। बोनस सेयर कर प्रयोजनार्थ छुट्याइएको ५३ लाख ७३ हजार ६३६.०६ रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गर्नेछ।
बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम बीमा ऐन, २०७९ अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयसापेक्ष रुपमा संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने छ।
लाभांश प्रस्ताव र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : १८ पुष २०७९, सोमबार १३:०८