८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

४ अर्ब बढीकाे काराेबार हुँदा आज यी कम्पनी भयाे सर्वाधिक खरिदबिक्री

१७ पुस, काठमाडौं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि सेयर बजारमा सुधार देखिएकाे छ । आइतबार सेयर बजार दोहोरो अंकले बढेको हाे । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२६ अंकले बढेर दुई हजार ४६ दशमलब २९ विन्दुमा बन्द भएको छ । आज कारोबार रकम पनि बढेको छ । आज चार अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज आज नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २२ करोड ५७ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । साथै, नेपाल टेलिकमको १९ करोड ८८ लाख १ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको १५ करोड ८० लाख ३१ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १० करोड ३ लाख ८३ हजार रुपैयाँ र नेपाल लाइफको ९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १५:१७