फाेन-पे र कण्डम (लघुकथा)
~डा. विदुर चालिसे
बजार चर्काे अनियन्त्रित थियाे । बैंकहरू टाट पल्टिएका थिए । नगद प्रवाह पटक्कै थिएन । आफ्नै जम्मा रकम पनि बैंकले नगद नभएर दिन सकिरहेका थिएनन् । मन्सुरले साेचेर निश्चय गर्याे ।
–“अब नगदबाट बजारमा काराेबार गर्दिन !”
मन्सुर साग किन्थ्याे । नगद थिएन। फाेन-पेबाट पसलमा साग किन्थ्याे । चिया खान्थ्याे । त्यसैबाट पैसा ट्रान्सफर गरिदिन्थ्याे । खाजा खान्थ्याे । उसैबाट नगद काराेबार गर्थ्याे । मनमा एक विचार आयाे । खर्चकाे यसबाट दैनिक काराेवारकाे हिसाबकाे रेकर्ड राख्दा घरमा श्रीमती रिझाउन पनि सजिलाे ठानेर उसले फाेन-पे चलाउन थाल्याे । उसकाे खाता व्यस्त विमानस्थल झैं अब नगद काराेबारकाे ट्रान्जिट प्वाइन्ट हुँदैगयाे। पकेटमा पैसा चाहिएन । माेवाइल भए पुग्याे । एकदिन महिना भरिकाे नगद काराेबारकाे स्थिति बारे श्रीमतीले साेधिन् ।
–“हैन ? महिनामा हजुर कति कमाइसिन्छ ?”
–“एक लाख !”
मन्सुरकाे श्रीमतीले जिब्राे काटिन् । आश्चर्यमा परिन् । अर्काे मन उनलाई रिस पनि उठ्याे । श्रीमानलाई मुखताेड जवाफ फर्काइन् ।
–“महिनाकाे एक लाख कमाएर के गर्नु ? फुटेकाे काैडी देख्या हैन !”
त्यसपछि मन्सुर महिनाकाे हिसाब जाेड्न माेवाइल बैंक चलाउन थाले । रेकर्ड अपडेट गर्दै गए । उनकाे महिना भरिकाे खर्चकाे हिसाबकाे फेहरिस्ता लामाे बन्दैगयाे । खर्चकाे फेहरिस्ता उनले आफ्नाे श्रीमतीलाई दिएर भन्न थाले ।
–“लाै ! महिनाकाे भरकाे खर्च । त्यत्राे कमाएर कहाँ हालिस भनेकाे हैन ?”
श्रीमती वाक्क परेर मन्सुरलाई अनुहारमा हेरिरहिन् । खर्चकाे विवरण हातमा लिएर हेर्न थालिन् । खर्चकाे विवरण पढिसके पछि उनले आम्दानी खर्चकाे सर्सर्ती हिसाब मिलाउन सकिनन् । उनलाई लाग्याे ।
–“हिसाब कतै गडबढ छ !”
उनले श्रीमानलाई हिसाब नबुझेर साेधिन् ।
–“स्टार चिन्हचाहिँ केकाे खर्च हाे ?”
मन्सुरले अवाक भएर श्रीमतीलाई रेला गरेजस्ताे गरेर जवाफ दियाे ।
–“कण्डमकाे खर्च !”
श्रीमतीकाे रिसकाे सीमा रहेन । उनले झाेकै झाेकका साथमा श्रीमानलाई आँखा तरेर खुट्टा बजारिन् । फन्केर चिच्याइन् ।
–“लुटाकाे धन फुपुकाे सराध्दे !”
प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १३:१७