१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

नर्भिकका दुई डाक्टर प्रवीण नेपाल र शैलज रञ्जितकार निलम्बित, शल्यक्रियामा हेल्चक्रार्इ गरेको ठहर


२६ फागुन, काठमाडौँ । नर्भिकका दुई डाक्टर प्रवीण नेपाल र शैलज रञ्जितकार निलम्बित भएका छन । उनीहरुलाई नेपाल मेडिकल काउन्सिलको एक महिनाका लागि निलम्बित गरेको हो ।

काउन्सिलको यो निर्णयपछि दुबै डाक्टरले एक महिनासम्म चिकित्सकीय अभ्यास गर्न नपाउने भएका छन । नेपाल र रञ्जितकारले शल्यक्रियाको क्रममा हेल्चक्राइ गरेको ठहर काउन्सिलले गरेको छ ।

काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेको पुष्टि भएको थियो ।

चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेका चिकित्सकले काउन्सिलमा भने झुटो बयान दिएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १४:४२