७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

नेप्सेमा ९ कम्पनीको मूल्य समायोजन, आइतबार कुनको कतिमा हुन्छ कारोबार ?

१५ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विभिन्न ९ कम्पनीको मूल्य समायोजन गरेको छ । यी ९ कम्पनीको बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

१) फरवार्ड माइक्रोफाइनान्स

नेप्सेले फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार ९०४ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो ।

२) फर्स्ट माइक्रोफाइनान्स

फर्स्ट माइक्रोफाइनान्सको १९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ६४१ रूपैयाँ ०९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

३) कालिका पावर कम्पनी

कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३३५ रूपैयाँ १३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

४) युनाइटेड इन्स्योरेन्स

युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३८२ रूपैयाँ ८६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

५) आरएसडीसी लघुवित्त

आरएसडीसी लघुवित्तको ८ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५२५ रूपैयाँ ८३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

६) नेपाल बैंक

नेपाल बैंकको २ प्रतिशत बोनस बोनस सेयरपछि प्रतिइकाई २८० रुपैयाँ ८८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

७) प्राइम बैंक

प्राइम बैंकको ४ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २२० रूपैयाँ १० पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

८) मितेरी डेभलपमेन्ट बैंक

१२.३५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३६४ रूपैयाँ ९३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४१० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

९) एचआइडीसीएल

एचआइडीसीएलको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १७७ रूपैयाँ १४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । सोही मूल्यकाे आधारमा अब आइतबारदेखि यी कम्पनीको कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १५ पुष २०७९, शुक्रबार १२:४३