नेप्सेमा ५ कम्पनीको मूल्य समायोजन, कुनको कति ?
१४ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ४ कम्पनीको मूल्य समायोजन गरेको छ । बिहीबार नेप्सेले फरवार्ड माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, कालिका पावर कम्पनी, युनाइटेड इन्स्योरेन्स र आरएसडीसी लघुवित्तकाे मूल्य समायोजन गरेकाे हाे । यी पाँच कम्पनीको बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
१) फरवार्ड माइक्रोफाइनान्स
नेप्सेले फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार ९०४ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २ हजार ३८० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
२) फर्स्ट माइक्रोफाइनान्स
फर्स्ट माइक्रोफाइनान्सको १९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ६४१ रूपैयाँ ०९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७६२ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ
३) कालिका पावर कम्पनी
कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३३५ रूपैयाँ १३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३८५ रूपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
४) युनाइटेड इन्स्योरेन्स
युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३८२ रूपैयाँ ८६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीरको अन्तिम कारोबार मूल्य ४०२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
५) आरएसडीसी लघुवित्त
आरएसडीसी लघुवित्तको ८ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५२५ रूपैयाँ ८३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५६७ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यकाे आधारमा अब आइतबारदेखि यी पाँच कम्पनीको कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १६:५४












