२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

१४ पुस, काठमाडाैं । बलात्कारकाे आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । उच्च अदालत पाटनमा बिहीबार पुरावेदनको पेसी थियो। न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

लामिछानेमाथि १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनका वकिलहरूले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा हालेका थिए।

लामिछानेले गत भदौ ५ गते १७ वर्षीय नाबालिगलाई काठमाडौंको एक होटलमा पुर्‍याएर बलात्कार गरेको आरोप छ। प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।

उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

प्रकाशित मिति : December 29, 2022 at 3:17 pm