२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बागमती एमाले दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत, मुख्यमन्त्री बन्ने ढोका खुल्यो

१४ पुस, हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा बिहिबार बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमालेको केन्द्रीय सदस्य रहेका थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार समेत थिए । बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन् ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १३:३९