११.८१ अंकले घट्याे सेयर बजार, ५ कम्पनीकाे सेयरमा सकारात्म सर्किट
१३ पुस, काठमाडौं । साताको चौथो काराेबारकाे दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । नयाँ सरकार गठन भएसँगै दुई दिन उच्च अंकले बढेको सेयर बजार बुधबार सामान्य अंकले घटेकाे हाे ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा बन्द भएकाे छ । आज सूचीकृत २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँको कारोबार भएको छ ।
बुधबार नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ८ करोड ८५ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन ५ कम्पनीकाे सेयरमा सकारात्म सर्किट लागेकाे छ । सेन्ट्रल कारोबार र प्रभु लाइफ, धैलागिरि लघुवित्त, खप्तड लघुवित्त र श्रीजनशील लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हाे । बुधबार महुली लघवित्त र अजोड इन्स्योरेन्स सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १५:२३












