२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट भोजप्रसाद श्रेष्ठ !

१३ पुस, काठमाडौँ । नेकपा एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा भोजप्रसाद श्रेष्ठको सम्भावना देखिएको छ । लुम्बिनीमा एमालेले मुख्यमन्त्री दाबी गरिरहेको छ । यद्यपी मुख्यमन्त्री कुन दलले लिने भन्नेमा अहिलेसम्म पार्टीको नेतृत्वले कुनै ठोस सहमति गरेको छैन ।

क्षमताको हिसाबमा अब्बल रहेका श्रेष्ठ संसदीय दलको नेतामा चुनिने तयारीमा लागेका छन । नेतृत्वले निरंकुशता नलादे आकांक्षीहरूको बीचमा मतदान नै भए पनि श्रेष्ठ दलको नेतामा चुनिने अवस्थामा रहेका छन । श्रेष्ठ वुटवल बनाउने एक मुख्य अभिन्ता हुन ।

उनी कामले चिनिएका नेता भएका कारण जनताको बीचमा पनि लोकप्रिय रहेका छन । श्रेष्ठ लुम्बिनी प्रदेशको पूर्व स्वास्थ्य मन्त्री समेत हुन । रुपन्देही प्रदेश सभा २९२०मा श्रेष्ठ ६ हजार ८९० मतान्तरमा विजयी भएका थिए । केही दिनभित्रै संसदीय दलको नेता चयन गर्ने तयारी एमालेको छ ।

मुख्यमन्त्रीका दाबेदार भोजप्रसाद श्रेष्ठले दैनिकीसँग कुरा गर्दै भने, ‘जनताको आकांक्षा सम्बोधन गर्न सक्ने, विगतमा गरेका कामहरुको ‘पर्फमेन्स’ हेरेर दलको नेता चयन गर्ने विषयमा शीर्ष नेतृत्वले सोच्नुपर्छ ।’ उनले प्रदेश मन्त्रिपरिषद् अनावश्यक ठूलो आकारको हुँदा र सुशासन दिन नसक्दा प्रदेशप्रति जनतामा देखिएको आक्रोश र वितृष्णा बढ्न नदिने गरी काम गर्न सक्ने भिजन र योजना भएका नेता दलको नेता र मुखयमन्त्री हुनुपर्ने आफ्नो मत रहेको बताए । कामले चिनिएका श्रेष्ठ उपाध्यक्ष विष्णु पाैडेल निकट मानिन्छन भने गिरी महासचिव शंकर पोखरेल निकट मानिन्छन ।

प्रकाशित मिति : December 28, 2022 at 9:23 pm