नेकपाको स्थानीय कमिटीको एकीकरण गर्ने जिम्मा प्रदेश कमिटीलार्इ (विशेष परिपत्रसहित)
७ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थानीय तहको एकीकरणको जिम्मा प्रदेश कमिटीलार्इ दिएको छ । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले जिल्ला मातहतका कमिटीको एकीकरणको जिम्मा प्रदेश कमिटीलार्इ तोकेको हो । प्रदेश कमिटीको एकीकरणसँगै विशेष परिपत्र गर्दै नेकपाले जिल्ला कमिटीको एकीकरणको सहज वातावरण बनाउने जिम्मा समेत प्रदेश कमिटीलार्इ दिएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड दुबैजनाले हस्ताक्षर गरेर विशेष परिपत्र जारी गरेका छन ।
हेर्नुहोस् परिपत्र
प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार ११:३८