६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः खापुङ

१२ पुस, काठमाडाैं । निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन् ।

आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले भने, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।”

उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताए ।

“मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ”, उनले भने, “यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु ।”

उनी आफू विदाइ हुने क्रममा निराश नभएको बताए । “म मन्त्रालयमा आउँदा धेरै खुसी थिइन र विदाइमा पनि निराश छैन, नयाँ मन्त्रीलाई कार्यकालको शुभकामना दिन्छु”, उनले भने ।

उनले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माणमा, कोभिड-१९, हैजा र डेङ्गु महामारी रोकथाम तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तार भएका उपलब्धि महत्वपूर्ण भएको बताएका छन् ।

प्रकाशित मिति : 14:04