२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

देउवा सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरूले नलिने

१२ पुस, काठमाडाैँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरूले नलिने भएका छन् । आर्थिक वर्ष ०७९-८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढेको तलब नलिने निर्णय गरेका हुन । देशमा आर्थिक संकत थप गहिरिदै गएको अवस्थामा उनीहरूले यस्तो निर्णय गरेका हुन । कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार ०९:११