२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

शपथ ग्रहणका लागि दौरासुरुवाल लगाएर शीतल निवास पुगे प्रचण्ड

११ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड अहिले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १६:१४