प्रधानमन्त्री अोली अमेरिका उडे, राष्ट्रसंघको ७३ औँ महासभामा ११ गते सम्बोधन गर्ने
६ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली सयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन् । न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै केही बरे अगाडी अमेरिका प्रस्थान गर्नुभएको हो ।
टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारी रहनु भएको छ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ २ असोजबाट ७३ औं महासभा शुरु भइसकेको छ । विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीको सहभागिता रहने महासभालार्इ प्रधानमन्त्री ११ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार २२:११