२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

विष्णु पाैडेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसहित सरकारमा एमालेको नेतृत्व गर्ने

११ पुस, काठमाडौं । विष्णु पौडेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको रूपमा सरकारमा एमालेको नेतृत्व गर्ने भएका छन । एमालेको अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको शीर्ष नेताको छलफलले सरकारमा पौडेलको नेतृत्वमा पार्टीले सहभागिता जनाउने सहमति जुटेको थियो ।

स्रोतका अनुसार पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाउनेछन । उनले आजै सरकारमा सहभागिता जनाउने छन । प्रचण्डले प्रधानमन्त्रीको सपथ खाइसकेपछि उनको उपस्थितिमा राष्ट्रपतिले उपप्रधानमन्त्रीमा पौडेलसहित माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाइ सपथ गराउनेछिन ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १४:१९