३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

नेपाल टी–२०ः काठमाडौंले फार वेस्टर्न युनाइटेडलाई दियो ९९ रनको चुनौती

११ पुस, काठमाडौं । काठमाडौं नाइट्सले फार वेस्टर्न युनाइटेडलाई ९९ रनको चुनौती दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिग अन्तर्गत जारी खेलमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन जोडेको हो ।

काठमाडौंका एलेक्स ब्लेकले अविजित रहँदै ४५ रन जोड् ओपनर सन्तोष कार्की १२ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल १३ रन जोडेर पभेलियन फर्किएका थिए ।

फारवेस्टका उमार अलीले सर्वाधिक तीन विकेट लिँदा हस्मतुल्लाह शाहिदी र रासिद खानले दुई÷दुई विकेट लिए भने शेर मल्लले एक विकेट लिए ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १२:२३