९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

प्रिमियर इन्स्योरेन्सकाे लाभांश संशोधन, अब बोनस र नगद कति ?

११ पुस, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्ताव गरेको लाभांश संशोधन गरेकाे हाे ।

कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, नेपाल बीमा प्राधिकरणले बोनस सेयर बढी वितरण गर्न निर्देशन दिएपछि लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

प्राधिकरणको निर्देशनमा प्रिमियर इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांशमा परिमार्जन गर्दै अब चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको  कम्पनीले जनाएकाे छ ।

कम्पनीले यही पुस २९ गते आफ्नो २९ औँ वार्षिक साधारणसभाबाट बाेलाएकाे छ। सोही सभाबाट लाभांश पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार ११:४७