२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बालकोटको बार्दलीमा ओलीसँगै प्रचण्डको पनि अभिवादन, पहिला व्यंग्य अहिले साथ

१० पुस, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा र पुष्पकमल दाहाल प्रचण्ड ओली निवासको बार्दलीबाट हात हल्लाएर आफ्ना नेता तथा कार्यकर्तालाई अभिवादन गरेका छन् । प्रधानमन्त्रीबाट हटेपछि ओलीले आफ्नो निवासको बार्दलीबाट हात हल्लाएको विषयलाई राजनीतिमा व्यंग्यको विषय बनाएका प्रचण्ड आइतबार स्वयं आफैंले सोही स्थानबाट हात हल्लाएका हुन् ।

ओली निवासमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । उक्त सहमतिपछि ओली र प्रचण्ड बार्दलीमा पुगेर हात हल्लाएर अभिवादन गरेका हुन् । एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु राष्ट्रपति कार्यालय गएका छन् ।

 

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १६:४७