३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

खोटाङमा तितेपातीबाट सुगन्धित तेल उत्पादन सुरू, यसरी अघि बढ्दै छ समृद्धिको यात्रा

६ असोज, काठमाडाैँ । प्रदेश नम्बर १ को खोटाङ जिल्लाको पाथेकामा तितेपातीबाट सुगन्धित तेल उत्पादन थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाका स्थानीय ९ उद्यमीले समृद्धिपथ एग्रो कम्पनी प्रालिमार्फत खेर गइरहेका तितेपातीलाई प्रशोधन गर्दै तेल उत्पादन थालेका हुन् । १५ लाखको लगानीमा तापखोलास्थित त्रिबेणी शनिबारेमा तेल प्रशोधन उद्योग स्थापना गरिएको छ ।

उद्योगबाट अहिलेसम्म २५ लिटर तेल उत्पादन भइसकेको लगानीकर्ता रहेका पाथेकाका वडाध्यक्ष मुगाधन राईले बताएका छन । रार्इले काठमाडौंबाट कतिपयले प्रतिलिटर साँढे ८ हजारका दरले तितेपातीको तेलको माग आउन थालेको रार्इले बताए ।  उद्योगीहरूका अनुसार एक पटकमा ७ सय केजी तितेपातीबाट झण्डै एक लिटर तेल निकाल्न सकिन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार २०:२३